इलाममा दश हजार जनाले गरे स्वास्थ्य बीमा

इलाम, २८ चैत । इलाममा छ महिनाको अवधिमा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बीमा गरेका छन् । उनीहरुले जिल्लाका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, झापा र काठमाडौँका अस्पतालबाट सेवा लिएका हुन् ।

सामाजिक स्वास्थ्य विकास समिति जिल्ला कार्यालय इलामका प्रबन्धक हार्दिक सापकोटाका अनुसार जिल्ला अस्पतालबाट तीन हजार ९८, झापाका अस्पतालबाट पाँच सय ८५ र काठमाडौँका अस्पतालबाट १५ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन् । जिल्लामा गत असार १५ बाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ ।

प्रबन्धक सापकोटाका अनुसार साँखेजुङ, सोयाङ, सोयाक, जोगमाई, पञ्चकन्या, मङ्गलबारे, इरौटार, दानाबारी, साकफाराजस्ता साबिकका गाविसमा दर्ता सहयोगी नभएर बीमा कार्यक्रम सञ्चालन भएको छैन । बीमा दर्ता सहयोगी नभएर काम नभएको ठाउँमा स्थानीय तहको निर्वाचनपछि तत्कालै सुरु गर्ने सापकोटाले जानकारी दिनुभयोे । एक वर्षअघि बीमा कार्यक्रम सुरु हुँदा एक सय ६८ प्रकारका औषधि सेवामा समेटिएको थियो तर अहिले बढाएर पाँच सय ३० प्रकारका औषधि सेवामा रहेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *