पूर्व राजकुमारी प्रेरणालाई मस्तिष्कघात, नर्भिक अस्पतालमा उपचार हुँदै
काठमाडौँ, २६ चैत । पूर्व राजकुमारी प्रेरणा सिंहलाई मस्तिष्कघात( स्ट्रोक) भएको छ । उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार(हिजो) विहानै घरमै बसेका बेला एक्कासी बेहोस भएपछि उनलाई नर्भिक पुरयाइएको थियो । नर्भिकमा उनको उपचार डा पंकज जलानको टोलीले गरिरहेको छ ।
अस्पताल स्रोतका अनुसार प्रेरणाको दाईने तर्फको मस्तिष्कमा रगत जमेको छ । चिकित्सकरुले अहिले औषधि चलाएर रगत हटाउने कोसिस गरिरहेका छन् ।
छोरी गम्भीर अवस्थामा विरामी परेको थाह पाउनासाथ पूर्वराजा ज्ञानेन्द्र श्रीमती कोमल सहित हिजो विहानै नर्भिक पुगेका थिए । पूर्वयुवराज पारस तथा पूर्वयुवराज्ञी हिमानी पनि नर्भिक पुगेका थिए । उनीहरु आज पनि जाने आउने गरिरहेका छन् ।
प्रेरणाको स्वास्थ्य अवस्था बुझ्न पूर्व राजपरिवारका अन्य सदस्यहरु समेत अस्पताल पुगेका छन् ।
सम्पर्क इमेल : [email protected]