पोखरामा यसरी मनाईयो विश्व स्वास्थ्य दिवस

पोखरा २५ चैत । मानसिक स्वास्थ्यको विषयमा अन्तक्र्रिया गरि आज पोखरामा विश्व स्वास्थ्य दिवस मनाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजनामा भएको उक्त अन्तक्र्रिया कार्यक्रममा डिप्रेसनको बर्तमान अवस्था कारणहरु र रोकथामका बारेमा छलफल भयो ।

कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेशकुमार चापागाईले मानसिक विरामीको स्वास्थ्य उपचारमा स्वास्थ्यकर्मीहरुले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा जानकारी दिए । उनले संसारभर डिप्रेसनका विरामीको संख्या बढ्दै गएको र नेपालमा समेत सो संख्या बढीरहेको भन्दै स्वास्थ्यकर्मीको रोल महत्वपूर्ण हुने बताएको हेल्थ फर लाईफ कास्कीका कार्यक्रम अधिकृत सगुन पौडेलले जानकारी दिए ।

कार्यक्रममा जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो ।

सन १९५० देखि मनाउन सुरु गरिएको विश्व स्वास्थ्य दिवस हरेक बर्ष अप्रिल ७ तारिखको दिन विश्वभर मनाउने गरिन्छ । यसबर्ष दिवसको नारा ‘उदासिनताको रोग: खुलेर कुरा गरौँ’ भन्ने तय गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *