पैंतालिस हजार बढीले गराए स्वास्थ्य बीमा, साढे ५३ लाखको उपचार सेवा

काठमाडौँ, २५ चैत । स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक बर्षको अवधीमा आठ जिल्लाका ४५ हजार २७७ जना सदस्य भएका छन् । सरकारले गतवर्ष आजकै दिन(२५ चैत)मा कैलालीबाट यो कार्यक्रम सुरु गरेको थियो ।

स्वास्थ्य बीमा सञ्चालन गर्ने सरकारी निकाय सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति टेकुका अनुसार बीमा कार्यक्रममा सहभागी भएका मध्ये ६ हजार ६७ जनाले उपचार सुविधा लिइसकेका छन् ।

समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले यस अवधीमा बीमा कार्यक्रममा नाम दर्ता भएका सदस्यहरुले रु २ करोड २६ लाख ३८ हजार ५०० रुपैयाँ दर्ता हुँदा बुझाएको र उपचारका लागि ५३ लाख ५४ हजार ७५० रुपैयाँ खर्च भएको जानकारी दिए ।

बीमा कार्यक्रम अहिले बाग्लुङ, कास्की, कैलाली, अछाम, पाल्पा, बैतडी, इलाम र म्याग्दी जिल्लामा सुरु भएको छ । थप १७ जिल्लामा आगामी असारबाट सुरु हुने बताइएको छ ।

समितिले बीमा गरेकाहरुको उपचारका लागि २१ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १६ वटा अस्पताल र रिफरल अस्पताल २८ गरी कुल ६५ वटा स्वास्थ्य संस्थाबाट उपचार सेवा प्रदान गरेको छ ।

 

यसैबीच स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको पहिलो बर्षगाठको अवसरमा समितिले राजधानीमा आयोजित पत्रकार अन्तक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले गुणस्तरीय स्वास्थ्यमा सहज र समान पहुँचका लागि स्वास्थ्य बीमा आवश्यक र अनिवार्य रहेको बताए । उनले सुरुवातमा केही कठिनाई भएपनि भविस्यमा बीमा कार्यक्रम अत्यन्त सवल हुने बताए । ‘अहिले कतिपय ठाँउमा साधनस्रोतको अभाव छ । जनशक्ति छैन । हाम्रो अनुभव पनि छैन तर यो संसारले चलाएको कार्यक्रम हो । नेपालले ढिलै भएपनि सुरु गरेको छ । यसले आम जनतालाई सहज स्वास्थ्य सेवा पुरयाउँछ,’ डा. पन्तले भने ।

समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले सरकारले घोषणा गरे अनुरुप ८ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको र सेवा समेत प्रभाव हुन थालेको भन्दै बाँकी १७ जिल्लामा यसै आर्थिक बर्ष भित्र कार्यक्रम सुरु गर्ने प्रयास भईरहेको बताए । उनले बीमा कार्यक्रममा देखिएका कमजोरीहरु क्रमश हटाउँदै यसलाई आकर्षक कार्यक्रमको रुपमा लैजाने दावी गरे । ‘कतिपय ठाँउमा गरीव परिचय पत्र नभएको अवस्था, कतिपय ठाँउमा उपकरणहरु पुगिनसकेको अवस्था छ । यसलाई हामी छिटै टुंग्याउँछाँ’ डा. लोहनीले भने ।

कार्यक्रममा इलाम, बाग्लुङ, कैलाली र कास्कीको बीमा कार्यक्रममा हेर्न पुगेका स्वास्थ्य पत्रकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “पैंतालिस हजार बढीले गराए स्वास्थ्य बीमा, साढे ५३ लाखको उपचार सेवा

  1. It is great achievement in health sector …. It should gradually be expanded and cover whole country and health centers , hospitals as well

Leave a Reply

Your email address will not be published. Required fields are marked *