स्वास्थ्य चौकीलाई रु १० लाखको जग्गादान

0
Shares

इलाम, २५ चैत । इलामको फाकफोकथुम गाउँपालिका–५ साबिकको फुएतप्पा गाविसका समाजसेवीले स्वास्थ्य चौकी निर्माणका लागि करिब रु १० लाख बराबरको चार रोपनी जग्गा दान दिएका छन् ।

साबिक फुएतप्पा–२ का प्रसादसिंह राईले अढाई रोपनी, गर्जबहादुर राईले एक रोपनी र कर्णबहादुर राईले आठ आना जग्गा दान दिएका हुन् । प्राप्त जग्गामा बर्थिङ सेन्टर, आवास तथा कार्यालयसहितको सुविधासम्पन्न भवन बन्ने स्वास्थ्य चौकीका इन्चार्ज शिवनाथ यादवले बताए ।

यसैबीच, गाउँघर क्लिनिकको भवन निर्माणका लागि चारआना जग्गा प्राप्त भएमा जिल्ला जनस्वास्थ्य कार्यालयले भवन निर्माणका लागि रु दुई लाख बजेट दिने समेत इन्चार्ज यादवले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *