असी प्रतिशतले हात्तीपाइलेको औषधि खाए

झापा, २५ चैत । झापा जिल्लामा यस वर्ष ८० प्रतिशत मानिसले हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेका छन् । सात लाख ३३ हजार नागरिकलाई हात्तीपाइलेविरुद्ध औषधि खुवाइने लक्ष्य राखिए पनि करिब पाँच लाख ८४ हजार चारसयजनाले औषधि सेवन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

गत वर्ष अभियानका क्रममा ७३ प्रतिशत मानिसले औषधि सेवन गरेकामा यस वर्ष सात प्रतिशत वृद्धि भएको कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईंले जानकारी दिए । “तुलनात्मकरुपमा भन्ने हो भने यस वर्ष अभियान सफल भएको मान्नुपर्छ”, उनले भने ।

झापामा गत चैत १७, १८ र १९ गते सञ्चालन भएको अभियानमा चारहजार बुथबाट हात्तीपाइलेविरुद्ध औषधि वितरण गरिएको थियो जसका लागि तीनहजार सातसय ८६ जना स्वयम्सेवक र चारसय स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *