जंगली च्याउ खाँदा एकै परिवारको तीन जनाको मृत्यु

0
Shares

काठमाडौँ, २४ चैत । जंगलबाट ल्याएको विषालु च्याउ खाँदा पोखरामा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । एक जनाको भने गम्भीर अवस्थामा उपचार भईरहेको छ ।

मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका १७ लामा चौरका ६० बर्षीया माइली तामाङ,उनकी १९ बर्षीया छोरी मनमाया तामाङ र माइलीकै जेठी छोरी तर्फका नाती सोनम मगर रहेका छन् । मृतक सोनमका १२ बर्षीया दाजु आयुष मगरको भने राजधानीको कान्ति बाल अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीका अनुसार गत १९ चैतमा मनमायाले स्थानीय अकला मन्दिरको दर्शन गरी फर्कने क्रममा जंगलबाट च्याउ लिएर आएकी थिइन । उनले ल्याएको च्याउ परिवारमा रहेका चारै जनाले खाएका थिए ।

त्यसै दिन देखि झाडा पखला लागेका उनीहरुले स्थानीय मेडिकलबाट औषधि ल्याएर खाएका थिए । तर औषधिले नभेटेपछि माइलीलाई मणिपाल शिक्षण अस्पताल, मनमायालाई गण्डकी मेडिकल कलेज र सोनमलाई चरक अस्पतालमा पुरयाइएको थियो । आयुषलाई भने काठमाडौँ रिफर गरिएको थियो ।

प्रहरीले माइली र मनमायाको हिजो बेलुका उपचारकै क्रममा मृत्यु भएको र सोनामको आज मृत्यु भएको जानकारी दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *