जंगली च्याउ खाँदा एकै परिवारको तीन जनाको मृत्यु


काठमाडौँ, २४ चैत । जंगलबाट ल्याएको विषालु च्याउ खाँदा पोखरामा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । एक जनाको भने गम्भीर अवस्थामा उपचार भईरहेको छ ।

मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिका १७ लामा चौरका ६० बर्षीया माइली तामाङ,उनकी १९ बर्षीया छोरी मनमाया तामाङ र माइलीकै जेठी छोरी तर्फका नाती सोनम मगर रहेका छन् । मृतक सोनमका १२ बर्षीया दाजु आयुष मगरको भने राजधानीको कान्ति बाल अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीका अनुसार गत १९ चैतमा मनमायाले स्थानीय अकला मन्दिरको दर्शन गरी फर्कने क्रममा जंगलबाट च्याउ लिएर आएकी थिइन । उनले ल्याएको च्याउ परिवारमा रहेका चारै जनाले खाएका थिए ।

त्यसै दिन देखि झाडा पखला लागेका उनीहरुले स्थानीय मेडिकलबाट औषधि ल्याएर खाएका थिए । तर औषधिले नभेटेपछि माइलीलाई मणिपाल शिक्षण अस्पताल, मनमायालाई गण्डकी मेडिकल कलेज र सोनमलाई चरक अस्पतालमा पुरयाइएको थियो । आयुषलाई भने काठमाडौँ रिफर गरिएको थियो ।

प्रहरीले माइली र मनमायाको हिजो बेलुका उपचारकै क्रममा मृत्यु भएको र सोनामको आज मृत्यु भएको जानकारी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *