आङ खस्ने समस्या भएका दुई सय महिलाको निःशुल्क उपचार

104
Shares

पर्वत, २४ चैत । यहाँको एक विकट गाउँमा सञ्चालित एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी आङ खस्ने समस्या भएका महिलाको उपचार गरिएको छ ।

आर्थिक अभावका कारण लामो समयदेखि आङ खस्ने समस्या लुकाएर बसेका महिलालाई लक्षित गर्दै दक्षिण पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक दिने पाठेघर तथा आङ खस्ने रोगबाट पीडित महिलाको उपचार गरिएको हो ।

ओमेन फर ओमेन फाउन्डेसन काठमाडौँको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको सो शिविरमा लामो समयदेखि आङ खस्ने रोगबाट पीडित भएपनि आर्थिक अभावले रोग लुकाएर बसेका छ महिलालाको शल्यक्रिया गर्नुपर्ने देखिएकाले उनीहरुको मनिपाल शिक्षण अस्पताल र मनमोहन अस्पताल काठमाडौँमा निःशुल्क शल्यक्रिया गरिने संयोजक जीवन ठकुरीले जानकारी दिए।

ग्रामीण भेगका महिलाले गर्भवती र सुत्केरी अवस्थामा स्वास्थ्यमा ध्यान नदिँदा उनीहरुमा आङ खस्ने समस्या बढ्दै गएकाले निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

शिविरमा विदेशी महिला चिकित्सक सहभागी भएको पनि संयोजक ठकुरीले जानकारी दिए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *