प्लास्टिकको झोलामा आन्द्रा लिएर हिँड्न बाध्य

मोरङ, २४ चैत । मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइ दिन याचना गरेका छन् ।

तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राईको वीपी कोइराला मेमोरियल अस्पताल, भरतपुरमा शल्यक्रिया गरिएको थियोे । रु पाँच लाखको चन्दा सङ्कलनबाट उहाँको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेन ।

रु तीनलाख खर्च अभावले उनी प्लास्टिकको झोलामा आन्द्रा लिएर हिँडिरहेका छन् । राईले भने, ‘जीवनदाता पाउने आशामा आन्द्रालाई प्लास्टिकमा पोको पारेर बाँचिरहेको छु ।’ रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *