स्वास्थ्य बीमा गर्न आर्थिक सहयोग

पाल्पा, २४ चैत । गरिब तथा विपन्न वर्गका परिवारका सदस्यको स्वास्थ्य बीमाका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पाले साविकको वीरकोट गाउँ विकास समिति वडा नं ४ र ५ का गरिब तथा विपन्न परिवारका सदस्यलाई रु एक लाख २५ हजार रकम सहयोग गरेको छ ।

मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेलले वीरकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नुनबहादुर थापालाई सो रकम हस्तान्तरण गरे।

कार्यकारी अध्यक्ष थापाले रकम हस्तान्तरण गर्दै सप्ताह पूजा गरेर भगवानलाई पुज्नुभन्दा गरिब परिवारका सदस्यलाई स्वास्थ्य बीमा गराएर उपचारमा सहज होस् भन्ने उद्देश्यले रकम सहयोग गरेको बताए । उहाँले प्रत्येक गरिब तथा विपन्न परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा आर्थिक रकम सहयोग गर्दै जाने बताए ।

वीरकोट गाविस वडा नं ४ र ५ का लागि गरिब तथा विपन्न परिवारका ५० घरपरिवारका सदस्यलाई स्वास्थ्य बीमा गर्न ठूलो राहत मिलेको स्थानीवासी सीमा श्रेष्ठ बताउछिन् ।

दलकुमारी नेपाली खुशी हुँदै भन्छिन्, “सरकारले स्वास्थ्य बीमा गरेर उपचार निःशुल्क गर्छ भन्ने सुनेको थिएँ, रकम नहुँदा बीमा गर्न सकिएको थिएन” । अब निःशुल्क स्वास्थ्य बीमा हुने भएपछि उपचारका लागि परिवारमा समस्या नहुने भएको उनी बताउछिन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *