निजी स्वास्थ्य संस्था कानुनी दायरामा

24
Shares

नवलपरासी, २४ चैत । नवलपरासीमा अबैधरुपमा सञ्चालन हँुदै आएका निजी स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याउन लागिएको छ ।

नवलपरासीमा मापदण्डविपरित सञ्चालित त्यस्ता निजी स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन लागिपरेको हो ।

यसअन्तर्गत मापदण्डविपरित सञ्चालन हुँदै आएका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरी नौवटा निजी संस्थालाई सीलबन्दीसमेत गरिसकिएको छ ।

गँैडाकोटको अन्नपूर्ण फार्मेसी, रञ्जिता मेडिकल हल, कावासोतीको सञ्जीवनी मेडिकल हल, मनकामना हेल्थ्य केयरलगायतका स्वास्थ्य संस्थामा सील गरिएको हो ।

यसैगरी, सीलबन्दी भएका अन्य स्वास्थ्य संस्थामा कुमारवर्ती औषधालय, जीवन मेडिकल हल, रितिशा हेल्थ क्लिनीकल, मुकुन्दसेन डेन्टल केयर प्रालि र सप्तगण्डकी मेडिकल हल रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयको संयुक्त टोलीले ती संस्थाहरुमा अनुगमन गर्दा मापदण्डबिपरित सेवा प्रदान गर्दै आएको पाइएकाले सीलबन्दी गरिएको जिल्ला स्वास्थ्य प्रमुख अरुणकुमार महतोले बताए ।

साठी प्रतिशतभन्दा बढि स्वास्थ्य संस्थाहरुले फार्मेसीको आडमा कार्यालयको अनुमतिविना विभिन्न सेवा प्रदान गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालयको अनुमान छ ।

जिल्ला स्वास्थ्य कार्यालयकोे क्षेत्राधिकार भित्र २५ शैयाका स्वास्थ्य संस्थाहरु पर्दछन् जुन अहिले जिल्लामा ३९ वटा निजी स्वास्थ्य संस्था अनुमति प्राप्त भई नियमित रुपमा सञ्चालित छन् ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार छवटा पुराना र यही फागुन मसान्तसम्ममा २७ वटा नयाँ स्वास्थ्य संस्थाले अनुमति प्राप्त गरेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *