च्याउ खाँदा एकै परिवारका छ जना बिरामी

0
Shares

(रामहरि न्यौपाने)नुवाकोट, २४ चैत । नुवाकोट जिल्लाको लिखु गाँउपालिका–४ चौघडाको रानीटारमा बुधबार साँझ विषालु च्याउ खाँदा एकै परिवारका छ जना बिरामी भएका छन् ।

बिरामीमध्ये चारजना सिकिस्त छन् । विषाक्त च्याउ खाएर रानीटारका ६४ वर्षका पद्मबहादुर राई, उहाँकी श्रीमती ६४ वर्षीया जुनकिरी राई, छोरा २३ वर्षका रोकेश राई, बुहारी २१ वर्षीया ढोमा राई र नातिहरु चार वर्षका रोहन राई र एक वर्षका रोजन राई बिरामी भएका छन् ।

च्याउ खाएपछि सिकिस्त भएका रोकेश, उनकी श्रीमती ढोमा र छोराहरु रोहन र रोजनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचार भइरहेको छ ।

विषालु च्याउ खाएर बिरामी भएका घरमुली पद्मबहादुर र जुनकिरीको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए ।

राई परिवारले हिजो बेलुकाको खानामा आफ्नै अस्थायी आवासको खम्बामा उम्रिएको च्याउ खाएलगत्तै बान्ता हुने, टाउको दुख्ने, रिङ्गटा लाग्ने समस्या देखिएपछि स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि मध्यरातमा अस्पताल लगिएको हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *