तीन कम्पनीका तीन औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौँ, २३ चैत । औषधि व्यवस्था विभागले तीन कम्पनीका तीन औषधि गुणस्तरहीन भन्दै बजारबाट फिर्ता ( रिकल ) गर्न सूचना जारी गरेको छ । सूचना गरिएका औषधि दुई भारतीय कम्पनी र एक नेपाली कम्पनीबाट उत्पादित हुन् ।

विभागले आज जारी गरेको सूचनामा हिन्दुस्तान मेडिसिन प्रालि भारतबाट उत्पादन भएको व्याच नं २८ को डेक्सट्रोज इन्जेक्सन आईपी ५० % (Dextrose Injection IP 50%), विजयदीप ल्यावरोटोरिज लिमिडेट नेपालको उत्पादन व्याच नं भीजी २- ०१४ को भी – ग्लाम-२ ट्यावलेट(V-Gilm-2)र वर्कहार्ड लिमिडेट भारतमा उत्पादन भएको व्याच नं जे आर- १०२७६ को प्रोराव २०-(Prorab 20) औषधि छन् ।

विभागका महानिर्देशक नारायण ढकालले झाडा पखला तथा त्यस्तै कमजोर अवस्थाका विरामीलाई तत्काल शक्ति दिनका लागि प्रयोग हुने डेक्सट्रोज इन्जेक्सन, सुगरका विरामीले प्रयोग गर्ने औषधि भि ग्लाम तथा अल्सरका विरामीले प्रयोग गर्ने प्रोराब २० को गुणस्तर उल्लेखित व्याचका औषधिमा नभएकोले फिर्ता गर्न निर्देशन दिएको बताए ।

ढकालले आफूहरुले गरेको पोष्ट मार्केटिङ सर्भेबाट औषधिको गुणस्तर कमजोर भएको पाएपछि रिकल गर्न भनिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *