भाइरल ज्वरोका बिरामी बढे

पर्वत, २२ चैत । केही दिनयता जिल्ला अस्पताल, पर्वतमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ ।

जिल्ला अस्पतालसँगै पर्वतका गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थामा समेत बिरामीको चाप बढेको हो । मौसम परिवर्तनको समयमा बढी मात्रामा प्रदूषित हावाहुरीस“गै खानेपानीसमेत दूषित हुने भएपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।

अहिले जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।
अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत एक सातायता तेब्बरको सङ्ख्यामा वृद्धि भएका छन् । त्यसमध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेको अस्पतालले जनाएको छ ।

भाइरलको प्रकोप बढी बालबालिकामा देखिएका छन् । बालबालिकास“गै एकै घरमा चारपाँचजनाको सङ्ख्यामा उपचारका लागि आउने गरेको जिल्ला अस्पताल पर्वतका प्रमुख डा। बुद्धिबहादुर थापाले जानकारी दिए । वृद्धवृद्धामा समेत यसको सङ्क्रमण देखिएको छ ।

दूषित पानी र प्रदूषित हावाहुरीका कारण भाइरलको प्रकोप बढेको अस्पतालका डा थापाले जानकारी दिए । यसबाट बच्न दूषित खाना र खानेपानी प्रयोग नगर्ने र कारणवस सङ्क्रमण देखिएमा तत्काल उपचारको विधि अपनाउन सुझाव डाक्टर थापाको छ ।

पन्ध्र श्ययाको क्षमता रहेको अस्पतालमा अहिले वैकल्पिक श्ययाको व्यवस्था गरेर बिरामी भर्ना गरिएको छ । लामो समयको खडेरी र चर्को गर्मीका कारण छिटो बिरामी परिने भएकाले सङ्ख्या बढेको डाक्टर थापाले जानकारी दिए ।

गाउँ गाउँमा पनि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको जानकारी आएपछि प्रत्येक स्वास्थ्य चौकीमा पर्याप्त औषधि र स्वास्थ्यकर्मीलाई चौबीसै घन्टा खटिन निर्देशन दिइएको छ ।

जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमा समेत भाइरलका बिरामीको सङ्ख्या बढेको जनाएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *