मोतिबिन्दु भएका ५९ जनाको निःशुल्क शल्यक्रिया

116
Shares

 

सोलुखुम्बु, २२ चैत । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुमा सम्पन्न निःशुल्क शिविरमा मोतिबिन्दु भएका ५९ जनाको शल्यक्रिया गरिएको छ ।

तिलगङ्गा आँखा अस्पताल र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको संयुक्त आयोजनामा आइतबार र सोमबार भएको शिविरमा ६०४ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको र त्यसमध्ये ५९ जनाको मोतिबिन्दुको शल्यक्रिया र दस जनाको आँखाको ढकनी खुम्चिएकोसम्बन्धी शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिए ।

यसअघि जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी जटिल समस्या भएका रोगी छनोट गरिएको थियो । गाउँ/गाउँमा छनोट गरिएका रोगीको विशेषज्ञसहित जिल्लास्तरमा शिविर सम्पन्न गरी उपचार गरिएको प्रमुख वाइबाले जानकारी दिए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *