पाल्पामा ब्लड बैंक स्थापनाको स्वघोषणा

0
Shares

पाल्पा, २१ चैत । पाल्पा जिल्लाको तानसेन नगरपालिकास्थित समृद्धि बचत तथा ऋण सहकारी संस्थाले लाइभ ब्लड बैंक स्थापना स्वघोषणा कार्यक्रम सुरु गरेको छ ।

६०औँ राष्ट्रिय सहकारी दिवसको अवसर आयोजित कार्यक्रममा सहकारीका २६ सदस्यले लाइभ ब्लड बैंक स्थापना स्वघोषणा गरेका हुन् ।

रगतका अभावमा सहकारीका सदस्यले ज्यान गुमाउनुपर्ने बाध्यताबाट मुक्त हुनका लागि सहकारीका आफ्ना सदस्यलाई आवश्यक परेको बेला रगत दिन सक्ने गरी अभियान सञ्चालन गरिएको हो ।

सहकारीका अध्यक्ष चन्द्रबहादुर नेपालीले आफूले जस्तो सदस्यलाई आवश्यक परेका बेला रगत दिने गरी स्वघोषणा गर्नुभएको हो । यो सहकारीका १२ भन्दा बढी सेयर सदस्य रहेका छन् ।

अध्यक्ष नेपालीले लाइभ ब्लड बैंक स्थापना स्वघोषणा कार्यक्रम बर्सेनि सञ्चालन हुने र सदस्यका लागि रगतको अभाव नहुने बताए । कार्यक्रममा डिभिजन सहकारीका प्रमुख कृष्णबहादुर बोहोराले सहकारीको रक्तदान कार्यक्रमले सामाजिक रुपान्तरणको अभियानमा अग्रसरता देखाएको बताए ।

कार्यक्रममा उपाध्यक्ष योगेन्द्र गहिरे, रक्तदान उपसमितिका संयोजक मर्मता दर्नाल, मनलक्ष्मी हिमचुरी र सुमन विकलगायतले सामाजिक रुपान्तरणको अभियानले सहकारी नमुना हुँदै गएको बताएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *