साठी लाख नेपाली कुनै न कुनै ‘डिप्रेशन’बाट ग्रस्त

काठमाडौँ, काठमाडौँ १९ चैत । नेपालमा करीब ६० लाख मानिस कुनै न कुनै डिप्रेशनबाट ग्रस्त भएको बताइएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा राष्ट्रिय मानसिक स्वास्थ्य स्वयंसेवा संघ(कोशिश)को संयोजनमा आयोजित “ मानसिक स्वास्थ्य सचेतनामा मिडियाको भूमिका ” बिषयक छलफल कार्यक्रममा बक्ताहरुले सो जानकारी दिएका हुन् । उनीहरुले मनोसामाजिक अपाङ्तालाई न्यूनिकरण गर्न  मिडियाको भूमिका महत्वपूर्ण हुने धारणा राखेका छन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बोर्णवहादुर कार्कीले मानसिक समस्या बढ्दै गएपछि आत्महत्या तथा सडकमा पुग्ने गरेको घटनाहरु बढिरहेकोमा यसको न्यूनिकरणमा मिडिया लाग्नुपर्ने धारणा राखे ।

कोशिशका अध्यक्ष मातृका देवकोटाले भुकम्प, कुलतबाट उत्पन्न लगायतका विविध समस्याले मनमा निरन्तर जरो गाडेर बसेको भन्दै हप्तादिन भन्दा बढीलम्बियो भने मानसिक रोगको लक्षण देखापर्ने बताए । उनले एक्सरे, एमआरआईबाट मापन नहुने भन्दै यसप्रति सरोकारवाला सचेत रहनुपर्ने जानकारी दिए । नेपालमा ६० लाख बढी कुनै न कुनै किसिमको डिप्रेसनबाट ग्रस्त रहेको प्रतिवेदन छ ।

कार्यक्रमको अध्यक्षता गरेका काउन्सिल सदस्य किशोर श्रेष्ठले मानसिकरुपमा विक्षिप्त पत्रकारहरुको अवस्था र दुर्घटनाकाबारेमा धारणा राख्दै  काउन्सिलले प्रिन्ट मिडियामा सीमित नरही विद्युतीय माध्यममा अनुगमन भैरहेकोे बताए ।

कार्यक्रममा मानसिक स्वास्थ्यमा ध्यान मनोसामाजिक अपाङ्ताग्रस्त भई सडकमा पु¥याईएका र उनीहरुलाई उद्धार गरिएको सम्वन्धी भिडियो पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा चक्रपाणी नेपाल, सुनिलकुमार केसी, अंकुर न्यौपाने, अच्युत घिमिरे, अम्बिका भण्डारी, अनिल घिमिरे लगायतले पत्रकारिता खोज तथा अनुसन्धानमूलक, समस्या समाधानमूलक, सचेतनाका कार्यक्रम निरन्तर र ग्रामीणमूखि हुनुपर्ने र मानसिक समस्या डिप्रेसन न्यूनिकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *