आनन्दकुटी विद्यापीठमा केडीसीको दन्त शिविर

काठमाडौँ, १८ चैत । बसुन्धरास्थित केडीसी हस्पिटलले आनन्दकुटी विद्यापीठमा एक दिन निशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विद्यार्थी, अभिभावक तथा शिक्षकलाई लक्षित गरि आयोजना गरिएको शिविरमा १०२ जनाले मुख तथा दन्त स्वास्थ्य परीक्षण गराएका थिए ।
परीक्षणका लागि केडीसीबाट डेन्टल डाक्टर स्मिता ढकालको टोली आनन्दकुटी पुगेको थियो ।

‘हामीले स्कुले बालबालिका, शिक्षक तथा अभिभावकहरुको दन्त परीक्षण गरयौँ, सामान्य दाँत उखल्ने र मुख तथा दन्त स्वस्थ्य सम्वन्धी जानकारी दिने काम गरयौँ ‘  डा. ढकालले भनिन् ।उनले अधिकांशमा दाँतमा किराले खाने समस्या भएको बताइन् ।

केडीसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा गएर नियमित रुपमा मुख तथा दन्त स्वास्थ्य परीक्षण तथा मुख स्वास्थ्य सम्वन्धी जनचेतना दिदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *