सरकारी अस्पतालमा डेढ केजीको ट्युमर निकालियो

चितवन, १८ चैत । यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालमा एक महिलाको च्यापुको हड्डीमा भएको ट्युमर निकालिएको छ । ३४ वर्षीया अमेरिमाया रम्वेलको मुखको दाँया भागमा पलाएको एक किलो पाँच सय ग्राम तौल (डेढ केजी)को ट्युमर निकालिएको हो ।

अस्पतालका दन्त चिकित्सा विभागका कन्सल्टेन्ट डा सन्तोष यादवको नेतृत्वको टोलीले माडी नगरपालिका– १२ बाँदरझुलाकी अमेरीमाया रम्वेलको सफल शल्यक्रिया गरेको हो । दुईवर्ष अघिदेखि उनको मुखमा मासु पलाउँदै आएको थियो ।

मासुको परीक्षण (बायोप्सी) गरेपछि ओसीफाइ फाइब्रोमा भएको पत्ता लागेको चिकित्सकले बताएका छन् । विशेष गरेर ३० देखि ४० वर्षसम्मका महिलामा यो समस्या देखिने गरेको डा सन्तोष यादवले बताए। उनको दोस्रो पटक शल्यक्रिया गरेर पहिलाको अवस्थामा ल्याइने यादवले उल्लेख गर्दै उनले उपचारमा ढिलाइ भए क्यान्सर समेत हुने जानकारी दिए।

गरिबीका कारण उपचार गराउन नसकेकाले भरतपुर अस्पतालमा आएपछि अस्पतालले उनको निःशुल्क उपचार गरेको हो । आर्थिक अभावमा उपचारबाट वञ्चित नहुन भनेर सेवा प्रदान गरेको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *