‘झारफुक’मा भर पर्दा सुत्केरीको ज्यान गयो

176
Shares

रोल्पा, १७ चैत ।  समयमै स्वस्थ्य संस्था नजाँदा आज पश्चिम रोल्पाकी एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईखोली गाउँपालिका–७ कुरेलीका २० वर्षीया बिमला रोका रहेको जिल्ला अस्पताल रोल्पाले जनाएको छ ।

सुत्केरी व्यथा लागेको तीन/चार दिनसम्म गाउँमा धामी झाँक्रीले झारफुक गर्दा सञ्चो नभएपछि बिमलालाई अस्पताल ल्याइएको थियो । उपचारका लागि अस्पताल ल्याउँदा आमा वेहोस तथा पेटमा भएको शिशुको ज्यान गइसकेको जिल्ला अस्पतालका सिनियर अहेव कुलबहादुर डाँगीले बताए ।

गर्भावस्थामा हुने ‘इक्लाम्प्सिया’ को कारणले आमाको मृत्यु भएको अहेव डाँगीले जानकारी दिए । “समयमै बिरामीलाई स्वास्थ्य संस्थामा पु¥याएको भए बचाउन सकिन्थ्यो” उनले भने ।

जिल्लाका सबै स्वास्थ्य केन्द्रमा ‘बर्थिङ सेन्टर’को सुविधा रहेको तथा जिल्ला अस्पतालमा समेत शल्यक्रिया सेवा उपलव्ध भए पनि चालू आवमा दुई गर्भवतीको ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *