पर्साकी अहेव बबिता पण्डितको शव खोला किनारमा फेला

पर्सा १६ चैत । शुक्रबार डिउटी गरि फर्केकी रमगढवा हेल्थ पोष्टकी अहेव बबिता पण्डित आइतबार मृत अवस्थामा भेटिएकी छन् ।

बीरगञ्ज देखि पूर्व पट्टी पर्ने तत्कालिन प्रसौनी गाविसमा पर्ने खोलामा उनको शव बोरामा पोको पारेको अवस्थामा आईतबार भेटिएको हो ।
बेवारिसे अवस्थामा भेटिएको उनको शव हिजो मात्रै पहिचान भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका छैटु चौधरीले जानकारी दिए ।
सर्लाही स्थायी घर भएकी अन्दाजी २७ बर्षीया बबिताको एक ५ बर्षीया छोरी रहेको बुझिएको छ ।

‘अहिले अनुसन्धान भईरहेको छ । हामीलाई पनि सबै कुरा थाह छैन । प्रहरीले खोला किनारामा उनको सव पोको पारेको अवस्थामा भेटाएको बताएको छ । वेवारिसे अवस्थाको सव भएकोले हामीले पनि चासो दिएनौँ तर हिजो एकाएक हल्ला भयो सब हाम्रै स्टाफको रहेछ,’ चौधरीले भने ।

जिल्लाका स्वास्थ्यकर्मीहरुले भने हत्या भएको हुनसक्ने भन्दै छानवीन गरि दोशी माथि कारबाही गर्न माग गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *