आर्थिक समस्याका कारण उपचार नभएपछि मृत्यु कुर्दै

गुल्मी, १४ चैत । आर्थिक समस्याका कारण गुल्मीमा एक व्यक्ति मृत्युलाई कुर्दै बसेका छन् ।

जिल्लाको चन्द्रकोट गाउँपालिका–८, तुराङका २९ वर्र्षीय मेघबहादुर कुमाल आजभन्दा १३ वर्षअघि भारतको जोधपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।

घाइते बनेका उनलाई चन्दा उठाएर त्यहाँ रहेका नेपालीको सहयोगमा घर पठाइएको थियो । खुट्टा र ढाडमा गम्भीर चोट लागेर घर फर्किएका कुमाललाई आर्थिक अभावका कारण उनकी श्रीमती माया कुमालले उपचार गर्न सकिनन् ।

उनको पूरै घरबास बेचे पनि उपचार सम्भव नभएपछि दिन प्रतिदिन गल्दै गएका उनका श्रीमान्को शरीर अहिले कुहिँदै जान थालेको छ । ओछ्यानमै दिसा पिसाब गरेर लडिरहेका कुमालको उद्धारका लागि छिमेकी गाउँ बलिथुमका समाजसेवी लब्सन महतले सञ्चारमाध्यमसँग आग्रह गरेका छन्। तीन महिना पनि खान नपुग्ने जमिन नभएका कुमाल परिवारमा बिहान बेलुकाको चुलो जलाउन पनि मुस्किल छ ।

श्रीमान्लाई दिसा पिसाब गराउनेदेखि अर्काको मेलापात गरेर मायाले श्रीमान्को रेखदेख गरिरहेकी छन् । श्रीमान् विस्तारामा सुतेरै माछा मार्ने जाल बुन्छन् । उनको ढाँडको घाउ पाकेर घरै दुर्गन्धित हुने गरेको छ ।

गहभरि आँसु पार्दै मेघलाल भन्छन् – “म मरे पनि मेरो छोरा पढाइदिने मान्छे कोही भइदिए धन्य हुने थिएँ ।” श्रीमती माया भने कुहेको शरीर भए पनि श्रीमान् सधैँ बाँचेको देख्न चाहन्छिन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *