क्लिनिकल प्याथोलोजिस्ट एसोसिएसनमा डा. शैलेश

काठमाडौँ, १४ चैत । क्लिनिकल प्याथोलोजिस्टहरुको छाता संस्था ‘एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट्स अफ नेपाल’(एसिपिएन) को नयाँ अध्यक्षमा वरिष्ठ प्याथोलोजिस्ट डा. शैलेश प्रधान निर्वाचित भएका छन् ।

उनी नेपाल चिकित्सक सङ्घका केन्द्रीय सदस्य एवम् काठमाडौँ मेडिकल कलेज प्याथालोजी विभागका प्रमुख छन् । एसिपिएनको आइतबार सम्पन्न नवौँ राष्ट्रिय अधिवेशनले डा प्रधानको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा डा. रुना झा, महासचिवमा डा. सुजन शर्मा, सहसचिवमा डा. राकेश पाठक र कोषाध्यक्षमा डा. करिष्मा मल्ल निर्वाचित भएको एसिपिएनले जनाएको छ ।

यसैगरी कार्यसमितिको सदस्यहरुमा डा विदुर वस्ती, डा निहारिका शाह, डा रोजन घिमिरे, डा. श्रीया श्रीवास्तव, डा रेखा मानन्धर र डा सुमिदा तिवारी रहेका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई एसिपिएनका संस्थापक डा हरिगोविन्द श्रेष्ठले सम्मान गरेका थिए।

कार्यक्रममा एसिपिएनका निवर्तमान अध्यक्ष डा. गोपी अर्यालले अङ्कोलोजिस्ट र रेडियोलोजिस्टबीच समन्वय गर्नुपर्ने खाँचो औँल्याए ।

संस्थाका संस्थापक डा. हरिगोविन्द श्रेष्ठले प्याथोलोजीले जनताको स्वास्थ्य उपचारसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले सरकारले यसलाई प्राथमिकता दिन माग गरे ।

नवनिर्वाचित अध्यक्ष डा प्रधानले आफ्नो कार्यकालमा सबैपक्षलाई मिलाएर अगाडि बढ्ने बताए । सन् १९९० मा स्थापना भएको एसिपिएनमा देशभरिका दुई सयभन्दा बढी प्याथालोजिस्ट सदस्य रहेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *