बाबुको सम्झनामा अस्पताललाई दुईवटा डायलासिस मेसिन

काठमाडौँ, १४ चैत । दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा रु २६ लाख पर्ने दुईवटा डाइलाइसिस मेसिन राजधानीको एक अस्पताललाई प्रदान गरेका छन् ।

सीतापाइलास्थित शुभेक्षा अस्पताललाई राजुबाबु, रोशन र राजेशबाबु श्रेष्ठले ती मेसिन प्रदान गरेका हुन् ।

निःशुल्क उपचार सेवा उपलब्ध गराउन उनीहरुले प्रदान गरेका ती मेसिनबाट सेवा प्रवाहमा सहजता हुने उक्त अस्पतालले जनाएको छ ।

हिजै खि सुरु भएको निःशुल्क डाइलाइसिस सेवाको गायिका आनी छोइङले शुभारम्भ गरेकी थिइन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *