अनुगमन टोलीले ४ बोरा सुर्तीजन्य पदार्थ जफत गरि जलायो

248
Shares

काठमाडौँ, १० चैत । सरकारले मापदण्ड विपरितका सुर्तीजन्य पदार्थहरु जफत गरि जलाएको छ । जिल्ला प्रशासन कार्यलय काठमाडौँ , जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ र महानगरिय प्रहरी परिषरबाट खटिएको संयुक्त अनुगमन टोलीले मापदण्ड विपरितका सुर्तीजन्य पदार्थ जफत गरि जलाएको हो ।

टोलीले आज बानेश्वर र कोटेश्वर क्षेत्रमा अनुगमन गरि भेटिएका मापदण्ड विपरितका ४ बोरा सुर्तीजन्य पदार्थ जफत गरेको थियो ।

काठमाडौँ का सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश लुईटेलले सुर्तिजन्य पदार्थ नियन्त्रण नियमावली २०६८ र नियमन ऐन २०७१ अनुसार मापदण्ड विपरित भेटिएका सुर्तीजन्य पदार्थको नष्ट गरिएको बताए ।

उनले विक्री वितरण गर्न नपाईने दर्ता विनाका विदेशी चुरोट तथा सुर्तीहरु विक्री वितरण गरेको पाइएकोले जफत गरि जलाएको बताए ।

टोलीले छुट्टै पसल नराखी सुर्तीजन्य पदार्थको विक्री वितरण गरेका पसलहरुलाई सचेत गराएको बताए ।

तर टोलीले ९० प्रतिशत चेतवनीमुलक चित्रअंकित स्वास्थ्य संन्देश नराखी विक्री वितरण गरेका चुरोट तथा सुर्तीजन्य पदार्थ भने जफत गरेको छैन् ।

सहायक प्रजिअ लुईटेलले सो व्यवस्थामा पनि आफूहरु जानकार रहेको भन्दै अर्थमन्त्रालयलाई पत्राचार गर्ने प्रक्रिया भएको बताए ।
विगतमा जफत गरेका सामग्री सिल गरि राख्ने भएपनि यसपटक भने जिल्ला प्रशासन कार्यालयमा ल्याएर तत्काल जलाएको छ ।

तस्बिर सौजन्य : रिया भण्डारी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *