रौतहटको स्वास्थ्य शिविरमा परीक्षण गराउनेको भिड

काठमाडौँ, ९ चैत । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटको गौरमा सञ्चालित नि:शुल्क सघन स्वास्थ्य शिविरमा परीक्षण गराउन आउनेको भिड लागेको छ । विरामीको भिड बढेपछि सेना र मन्त्रालयले थप चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरेको छ ।

एक हप्ते शिविरको पहिलो दिन मंगलबार ९१२ जनाको स्वास्थ्य परीक्षण भएको थियो । सोही दिन ३ मेजर र ३ माईनर गरी ६ जनाको अप्रेसन भएको शिविरको नेतृत्व गरेका बीरेन्द्र सैनिक अस्पतालका डाक्टर उदय बज्राचार्यले बताए ।

उनले अप्रेशनका लागि गौर अस्पतालसंगै सेनाको मोवाईल कन्टेरनकोमा भएको ओटी रुप समेत परिचालनमा ल्याइएको बताए ।
‘अहिले विहानै एउटा अप्रेसन भईसक्यो । आज दिनभरमा मेजर माईनर गरि १० देखि १५ वटा अप्रेसन हुनसक्छ । दुई हजार विरामीको आज परीक्षण हुन्छ,’ डा बज्राचार्यले भने, ‘त्यो भन्दा बढी हेर्न भ्याईदैन् , भोलिका लागि पालो पर्छ ।’

उनले विरामीको चाप बढेपछि स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर थप चिकित्सक तथा स्वास्थ्यकर्मीहरु मगाउन लागिएको जानकारी दिए । अहिले त्यहाँ २२ जना चिकित्सक तथा नर्सहरुले सेवा दिइरहेका छन् ।

यता स्वास्थ्य मन्त्री गगन थापाले विरामीहरुको भिडलाई मध्यनजर गर्दै शिविरका लागि थप विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्था गरेको बताएका छन् । उनले मंगलबार ट्वीट गर्दै सो जानकारी दिएका हुन् ।

आगामी १४ चैतसम्म चल्ने शिविरमा हाईड्रोशिल, हर्निया, पाठेघर लगायतको अप्रेसन समेत गरिदैछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *