उच्च रक्तचापको औषधिले परीक्षार्थीकोे मृत्यु ?

बैतडी, ९ चैत । भुलबस औषधि खाँदा माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा दशशथचन्द नगरपालिका–५ का १८ वर्षीय कैलाश दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

दमाईले आफ्नो आमाको ल्याएको उच्च रक्तचापको औषधि भुलबस खाएको प्रहरीले जनाएको छ । सो औषधि खाएपछि गम्भीर विरामी परेका उनको थप उपचारका कैलाली लागि लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

दशरथचन्द मावि सुन्दरखालीमा अध्ययनरत कैलाश शाहीलेकमा रहेको वीरेन्द्र मावि केन्द्रबाट एसइइ परीक्षा दिइरहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शङ्कर जोशीले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *