खोपको पैरबी गर्न चिकित्सकहरुलाई अभिमुखिकरण तालिम
काठमाडौँ, ६ चैत । बालरोग विशेषज्ञहरुको संस्था नेपाल पेडियाट्रिक सोसाइटी (नेपास)ले खोप सम्वन्धी पैरवीका लागि चिकित्सकहरुलाई नेतृत्व विकास तालिम दिएको छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक सहकार्यमा भएको दुई दिने कार्यक्रममा नेपालका करीब डेढ दर्जन बालरोग विशेषज्ञहरुले तालिम लिएका छन् ।
शनिबार सम्पन्न तालिममा खोपको आवश्यकता महत्वबारे आम जनमानस तथा राज्यका नीति निर्मातालाई कसरी बुझाउने भन्ने बारेमा सिकाईएको थियो । तालिम सञ्चालन गर्नु अघि नेपासले काठमाडाँै र चितवनमा खोपको महत्व र बुझाईबारे सर्भे गरेको थियो । सो सर्भेले अहिले पनि आम सर्वसाधारणले राम्ररी नबुझेको पाइएको थियो ।
नेपासका अध्यक्ष डा. विनोदलाल बज्राचार्यले खोप सम्वन्धी जानकारी महत्व बुझाउने काम बालरोग विशेषज्ञहरुको रहेकोले उनीहरुलाई यस सम्वन्धमा काउन्सिलिङ गर्ने तालिम दिएको बताए । उनले केन्द्रको तालिम पछि मोफसलमा गएर समेत त्यहाँका डाक्टरहरुलाई यसको महत्व बुझाउने बताए ।
बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद पौडेलले खोपपको चुनौती , सफलता, महत्व तथा अहिलेको अवस्था बारेमा चिकित्सकहरुलाई तालिम र नीति निर्माताहरुलाई सुझाव दिइएको बताए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com