सुर्ती करकोषमा थपियो २५ करोड, कोषमा अब ६५ करोड रुपैयाँ

काठमाडौँ, ४ चैत । स्वास्थ्य मन्त्रालय अन्तर्गतको सुर्ती करकोषमा २५ करोड रुपैयाँ थपिएको छ । यसअघि कोषमा जम्मा ४० करोड रकम थियो । रकम थपिएसंगै करकोषको रकम ६५ करोड पुगेको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले करकोषका लागि थप ६० करोड रकम उपलव्ध गराईदिन अर्थ मन्त्रालयसंग माग गरेको थियो । तर आर्थिक बर्षको अन्त्यतर्फ मागिएको रकम खर्च हुन नसक्ने भन्दै अर्थले मागे जति रकम नदिएको हो ।

त्यसो त नियम अनुसार सुर्ती करकोषमा ३ अर्व ५० करोड रुपैयाँ हुनुपर्ने हो । किनभने सुर्तीजन्य पदार्थको बिक्रीबाट उठेको करमध्ये २५ प्रतिशत सुर्ती करकोषमा उपलव्ध गराउनुपर्ने नीतिगत व्यवस्था छ । सुर्तीको विक्रीबाट बार्षिक रुपमा १३ अर्व बढी राजश्व उठने गरेको अर्थमन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका लेखा अधिकृत सुरेश शर्माले करकोषमा थपिएको बाथमुटुरोगबाट भल्व बिग्रिएकाहरुको निशुल्क अप्रेसन गर्न, निशुल्क मिर्गौला प्रत्यारोपण तथा डायलासिस गर्न तथा क्यान्सर रोगको उपचारमा खर्च हुने बताए । उनले सोही रकमबाट १० प्रतिशत अर्थात २ करोड ५० लाख सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्ने अभियानमा लगाउने जानकारी दिए ।

‘हामीलाई प्रतिशतको आधारमा होईन, बार्षिक रुपमा ४० करोड रकम दिदै आएको थियो । त्यहि पनि कहिलेकाँही खर्च हुँदैनथ्यो । तर यसपटक मन्त्री ज्यूको पहलमा कार्यक्रम पनि बनाईयो र रकम थप गर्न भनियो । अर्थ यसमा सहमत नै भएको थियो तर पछि आर्थिक बर्ष सकिने क्रममा रहेकोले सबै रकम खर्च गर्न सकिदैन कि भन्ने हिसावले मागिएको रकममा घटाइयो । अर्को बर्षबाट हामीले नियमअनुसारकै रकम पाउन सक्छौँ ,’ लेखा अधिकृत शर्माले भने ।

त्यसो त सरकारले मिर्गौला फेल भएकाहरुको डायलासिस आजिवन निशुल्क गराएको छ । बाथमुटुरोगबाट मुटुको भल्व विग्रिएकाहरुको निशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलएको छ । त्यस्तै आगामी बैशाखबाट मिर्गौला प्रत्यारोपण समेत निशुल्क हुने घोषणा गरेको छ । सोका लागि करकोषको रकम प्रयोग गर्ने सरकारको तयारी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *