‘स्वास्थ्य व्यावसायी परिषद्को रजिष्ट्रार हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्नु’

काठमाडौँ, २ चैत । सर्वोच्च अदालतले नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार काशीनाथ रिमाललाई हटाउने र उनको स्थानमा रामचन्द्र साहलाई नियुक्त गर्ने १७ फागुनको मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वनय नगर्न सरकारका अन्तरिम आदेश दिएको छ ।

न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मुद्धाको प्रारम्भिक सुनुवाई गर्दै कारण देखाउ आदेश समेत जारी गरेको छ ।

आफूलाई गैरकानूनी ढंगबाट हटाएको भन्दै रजिष्ट्रार रिमाल मन्त्रिपरिषदको निर्णय विरुद्ध मंगलबार मात्रै सर्वोच्च पुगेका थिए । निर्वाचन आचार सहिता लाग्नु अघिल्लो दिन बसेको मन्त्री परिषदको बैठकले स्वास्थ्यका विभिन्न निकायमा नियुक्त भएका पदाधिकारीहरुलाई पदमुक्त गर्दै नयाँ नियुक्ति गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *