एचआइभी सङ्क्रमित बढ्दै

पाल्पा, २ चैत । पाल्पामा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय ९५ छन् । तीमध्ये एक सय ५७ पुरुष र एक सय ३८ महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीकाअनुसार, सङ्क्रमितमध्ये १८ वर्ष मुनिका ३८ जना छन् । सङ्क्रमितमध्ये ९१ पुरुष र ८० महिला गरी कुल एक सय ७१ जनाले निःशुल्क औषधि सेवन गरिरहेका छन् । औषधि सेवन गर्नेमा १८ वर्षमुनिका २७ बालबालिका छन् ।

उनीहरुले जिल्लाको एकमात्र मिसन अस्पताल पाल्पाबाट निःशुल्क रुपमा औषधि सेवन गरिरहेको सूचना अधिकारी ज्ञवालीले बताए ।

गत आर्थिक वर्षमा जिल्लामा दुई सय ६५ जना एचआइभी सङ्क्रमित रहेको थिए । गत वर्षको तुल्नामा चालु आर्थिक वर्षमा २७ जना सङ्क्रमित थपिएका छन् ।

सङ्क्रमितमध्ये ४१ जनाले समाजमा खुलेर बसिरहेका छन् भने धेरै बिरामी घरपरिवार, आफन्त र समाजका डरले रोग लुकाएर बस्न बाध्य भएको सूचना अधिकारी ज्ञवालीले बताए।

जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले एचआइभी न्यूनीकरण र उनीहरुलाई समाजमा आत्मसम्मानपूर्वक बँच्नका लागि विभिन्न तालिम, गोष्ठी, जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *