धनकुटामा हात्तीपाईले रोग विरुद्धको औषधि थप एक बर्ष खुवाईने

0
Shares

धनकुटा, १ चैत । हात्तीपाईले रोगको संक्रमण नघटेपछि जिल्लामा औषधि खुवाउने अभियान थप एक बर्ष लम्विने भएको छ । जिल्लाका तीन नगरपालिका सहित चार गाउँपालिकामा यहि चैत ५, ६ र ७ गते छैटौँ चरणको औषधि खुवाईदै थियो ।

तर संक्रमणदर नघटेपछि पुनः एक वर्ष थप गर्नुपर्ने अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका मेडिकल सुपरिन्टेन्डेन्ट डा मदनकुमार उपाध्यायले बताए ।

यस वर्ष धनकुटामा एक लाख ४६ हजार तीनसयलाई औषधि वितरण गर्न चारसय ८० केन्द्र तोकिएको छ । जिल्लामा ७५ हजार तीनसय ५६ महिला र ७० हजार नौसय ४५ पुरुषलाई यो वर्ष यो औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

हात्तीपाइले रोगविरुद्ध औषधि वितरणका लागि नौसय ३० स्वयंसेवक र दुईसय स्वास्थ्यकर्मी परिचालन गरिने कार्यालयले जनाएको छ । हात्तीपाइले रोगले मानिसलाई शारीरिकरुपमा अशक्त, अपाङ्ग बनाउने तथा सरुवा रोग भएकाले यसलाइ नियन्त्रण गर्न औषधि खुवाइने जिल्ला स्वास्थ्य प्रमुख डा उपाध्यायले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *