नर्सिङ लाईसेन्स परीक्षाको नतिजा प्रकाशित, ८० प्रतिशत पास (नतिजा सहित)

7.1k
Shares

काठमाडौँ, २८ फागुन । नेपाल नर्सिङ काउन्सिलले आज लिएको लाईसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार परीक्षामा ७९.५४ प्रतिशत उत्तीर्ण भएका छन् ।

काउन्सिलका अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माका अनुसार आजको परीक्षामा कुल ४ हजार २१८ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये ३ हजार ३५५ जना अर्थात ७९.५४ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा ८६३ जना फेल भएका छन् भने फारम भरेर आजको परीक्षामा अनुपस्थित भएकाको संख्या ११ जना छ ।

परीक्षा आज पाँचवटा केन्द्रमा भएको थियो ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *