नौ महिना पछि कार्यालय फर्के परिषद्का अध्यक्ष डा. अधिकारी
काठमाडौँ, २६ फागुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष डा. कृष्ण अधिकारी नौ महिना पछि आज कार्यालय फर्केका छन् । अख्यिार दुरुपयोग अनुसन्धान आयोगको मुद्धामा विशेष अदालतबाट सफाई पाएपछि डा. अधिकारी नियमित काममा फर्केका हुन् ।
गतवर्ष गण्डकी मेडिकल कलेजको अनुगमन गर्न जाँदा अनियमितता गरेको भन्दै अख्तियारले गत जेठमा उनी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको थियो । सो मुद्धाको अन्तिम टुंगो लगाउँदै विशेष अदालतले गत २३ फागुनमा उनलाई सफाई दिएको थियो ।
विहीबार आयोजित संक्षिप्त कार्यक्रममा परिषदका सदस्यसचिव डा. खेमबहादुर कार्कीले उनलाई स्वागत गरेका थिए । डा अधिकारीले आफूले सफाई पाएपछि पूर्ववत रुपमा काममा फर्किएको बताए ।
यता सरकारले एक साता अघि परिषदको नेतृत्व परिवर्तन गरेको थियो । गत १७ फागुनको मन्त्रिपरिषद्को बैठकले पुराना सबै पदाधिकारीलाई बर्खास्त गरि डा अञ्जनीकुमार झाको अध्यक्षतामा नयाँ नियुक्ति गरेको थियो ।तर नयाँ पदाधिकारीहरुको अहिलेसम्म पदवहाली भएको छैन् ।
नियुक्ति पत्र नपाएका कारण उनीहरुको पदवहालीमा ढिलाई भएको बताइएको छ । उता पुराना पदाधिकारीहरुले मापदण्ड अनुसार नयाँ पदाधिकारीको नियुक्ति समेत नभएको आरोप लगाउन थालेका छन् ।
सम्पर्क इमेल : [email protected]
Congratulations and Welcome back to Dr Krishna Sir