नयाँ रेकर्ड : प्रेमसागर कर्माचार्यले गरे १४९ पटक रक्तदान

काठमाडौँ, २५ फागुन । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १४९ पटक रक्तदान गरेका छन् । उनी नेपालमा सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्तिका रुपमा समेत परिचित छन् । काठमाडौँको बुढानिलकण्ठ युवा क्लवद्धारा आज बुढानिलकण्ठ मन्दिर परिषरमा आज आयोजित रक्तदान कार्यक्रममा उनले १४९ औँ पटक रक्तदान गरेका हुन् ।

कर्माचार्यले ठिक तीन महिना अघि अर्थात २५ मंसिरका दिन कपिलवस्तुको तौलिहवा पुगी कालिका स्वावलम्वन सामाजिक केन्द्रद्धारा आयोजित रक्तदान कार्यक्रमा सहभागी भई १४८ औँ रक्तदान गरेका थिए ।

रक्तदान कार्यलाई प्रबद्र्धन गर्ने उद्धेश्यका साथ उनी हरेक तीन तीन महिनामा हरेक नयाँ ठाँउमा पुगेर रक्तदान गर्दै आएका छन् ।
बुढानिलकण्डको आजको कार्यक्रममा पुरूष गरि जम्मा ४४ जनाले रक्तदान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *