रगतको समस्या हल

उदयपुर, २४ फागुन । जिल्ला अस्पताल उदयपुरको परिसर क्षेत्रमा स्थापित रक्तसञ्चार केन्द्र सञ्चालनमा आएपछि अहिले बिरामीको उपचारमा आवश्यक पर्ने रगतको समस्या समाधान भएको छ ।

विगतमा जिल्लाभित्र रक्तसञ्चार केन्द्र सञ्चालन नहुँदा लामो समयदेखि जिल्ला अस्पताल उयदयपुरमा बिरामीका लागि सिरहाको लहान तथा सप्तरीको राजविराज अस्पताल र रेडक्रसबाट रगत आपूर्ति गर्न बाध्य हुनुपरेको थियो ।

हाल जिल्ला अस्पतालस्थित बोक्सेमा स्थापना गरिएको रक्तसञ्चार केन्द्र औपचारिक रुपमा सञ्चालन भएपछि जिल्ला अस्पतालमा आवश्यक पर्ने रगत उपलब्ध हुन थालेको जिल्ला अस्पतालका चिकित्सक डा विशाल देवले बताए ।
सदरमुकाम गाईघाटस्थित बोक्सेमा स्थापना गरिएको रक्तसञ्चार केन्द्र नौ वर्षपछि स्वास्थ्यमन्त्री गगनकुमार थापाले गत पुस महिनामा उद्घाटन गरेका थिए।

रक्तसञ्चार केन्द्र सञ्चालनमा आएपछि अहिले केन्द्रमा दैनिक १५ पिन्टभन्दा बढी रगत संरक्षण गरेर राखिने गरेको जिल्ला रक्तसञ्चार केन्द्र बोक्सेका प्रयोगशाला प्रमुख अमर पण्डितले बताए ।

अहिले रक्त दानको माध्यमबाट महिनामा ८० पिन्टसम्म रगत सङ्कलन भए पनि सबै रगत प्रयोग नहुने हुँदा आवश्यकभन्दा बढी रगत अन्य जिल्लामा समेत वितरण गरिने जिल्ला रेडक्रसले बताएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *