अस्पतालको अत्याधुनिक स्मृति भवनको उद्घाटन

भक्तपुर, २२ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर क्यान्सर अस्पतालले निर्माण गरेको अत्याधुनिक स्मृति भवनको उद्घाटन गरेका छन् ।

भक्तपुर क्यान्सर अस्पतालको आज सम्पन्न २२ औँ वार्षिकोत्सव समारोहमा उनले विभिन्न दाताबाट सङ्कलिन रकमबाट निर्माण भएको उक्त भवनको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा अस्पताललाई सहयोग गर्ने दातामध्ये रु १० लाखभन्दा बढी सहयोग गर्ने जिल्ला विकास समिति भक्तपुरलाई डाइमन्ड सर्टिफिकेट, रु एक लाखदेखि नौ लाख ९९ हजार ९९९ वा सो बराबरको सामान प्रदान गर्ने पाँच दातालाई गोल्डेन सर्टिफिकेट, रु ५० हजारदेखि ९९ हजार ९९९ वा सो बराबरको सामान प्रदान गर्ने दुई दातालाई सिल्भर सर्टिफिकेट र रु ५० हजारभन्दा बढीको सामान दिने दातालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसअवसरमा अस्पतालका कर्मचारी अम्बिका हमाल र रोजिना तजलेलाई यस वर्षको प्रा डा अञ्जनीकुमार शर्मा उत्कृष्ट अवार्डबाट सम्मान गरिएको थियो । अस्पतालले पाँच वर्ष सेवा अवधि पूरा गरेका १० जना नर्स, एक जना प्याथालोजिस्ट र एक जना रेडियो थेरापिस्टलाई सम्मान गरेको छ ।

कार्यक्रममा बिजुक्छेले देशभरका क्यान्सरका बिरामीलाई गुणस्तरीय सेवा पु¥याउँदै आएको यस अस्पताललाई दाताको सहयोग र सरकारी सहयोग वृद्धि गराउँदै अझै सेवा विस्तार र विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसदद्वय प्रेम सुवाल, रामेश्वर ढुङ्गेल, अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाशराज न्यौपाने, नेपाल अबुद्र्ध रोग निवारण संस्थाका निवर्तमान अध्यक्ष दिवाकर राजकर्णिकार, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र श्रेष्ठलगायतले सरकारको मात्रै मुख नताकी सबैको सहयोग जुटाएर अस्पतालको विकास गर्दै लैजानु पर्नेमा जोड दिए ।

आज उद्घाटन भएको स्मृति भवनको पहिलो तल्लामा बिरामीका लागि २५ श्यया, दोस्रो अत्याधुनिक अपे्रसन थियटर र तेस्रो तल्लामा एनेक्स तथा भिआइपी वार्ड रहेको अस्पतालका प्रशासक राजाराम तजलेले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *