पोलियो थोपा खुवाउने अभियानमा सहभागी हुन छ वटै ‘ट्रेड युनियन’को आवहान (विज्ञप्ती सहित)

काठमाडौँ २२ फागुन । आन्दोलनरत स्वास्थ्यका ६ वटा ट्रेड युनियनले पोलियो थोपा खुवाउने अभियानमा सहभागी हुन स्वास्थ्यकर्मीहरुलाई आवहान गरेका छन् ।

खोप बहिस्कार गर्ने कार्यक्रमको व्यापक आलोचना भएपछि आइतबार बसेको आकस्मिक बैठकले पोलियो थोपा खुवाउने कार्यक्रममा सहभागी हुने निर्णय गरेको हो ।

बैठक पछि जारी विज्ञप्तीमा पोलियो खोप अभियानलाई आन्दोलनकै स्वरुपमा ग्रहण गरी लक्षित बालबालिकाहरु नछुट्ने गरि सहभागी हुन सबै स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको छ ।

यसअघि स्वास्थ्य मन्त्री गगन थापाले खोप अभियानमा असहयोग गर्ने स्वास्थ्यकर्मीमाथि कडा कारबाही गर्ने बताएका थिए । उनले शनिबार खोप सञ्चालन नगरेका जिल्ला प्रमुखहरुलाई पदमुक्त गर्ने बताएका थिए ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्षा भक्तिमान सुब्बा, स्वास्थ्य कर्मी युनियन नेपालका अध्यक्ष जगत नेपाली, राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका अध्यक्ष चित्रजंग शाही, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष क्षेत्रराज कार्की, नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्वलकुमार शर्मा र मधेशी स्वास्थ्यकर्मी फोरम नेपालका अध्यक्ष बालकिशोर यादवद्धारा जारी विज्ञप्तीमा भनिएको छ, बदलिदो परिस्थितिलार्य मध्यनजर गरी आफ्नो हक अधिकार प्राप्तीको लागि स्वास्थ्यकर्मीहरुले गरेको आन्दोलनलाई उच्च सम्मान गर्दै पोलियो खोप अभियानमा सहभागी भैदिन आग्रह छ ।

ट्रेडयुनियन कर्मीले पोलियो खोप अभियानको शिलशिलामा सरकारले शनिबार प्रहरी परिचालन गरी व्यापक धरपकड गरेको भन्दै आपत्ती व्यक्त गरेको छ ।
हेरौँ  विज्ञप्ती :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *