गर्भवतीलाई मोबाइलबाटै सन्देश

नुवाकोट, २० फागुन । यहाँका गर्भवतीलाई सुरक्षित सुत्केरी र पोषण सुधारका लागि मोबाइलबाटै सन्देश प्रवाह गरिने भएको छ ।

यहाँ सञ्चालित ‘सुआहारा कार्यक्रम’ले गर्भवतीको पोषण सुरक्षा र सुरक्षित सुत्केरी गराउनका लागि सचेतना जगाउन मोबाइल एसएमएस मार्फत जानकारी दिन लागिएको कार्यक्रमका प्रमुख भीमा पराजुलीले बताए ।

मोबाइलमा “तपाईँको घरमा कोही गर्भवती हुनुुहुन्छ रु नियमित रुपमा गर्भ परीक्षणका लागि स्वास्थ्य चौकी जाने गर्नुभएको छ कि छैन ? अनि नौ महिना पूरा भयो, बच्चा जन्माउन स्वास्थ्य संस्थामा जानुस्” जस्ता सन्देश प्रवाह गरिने छ । जिल्ला स्वास्थ्य कार्यालय र सुआहाराको आयोजनामा आज भएको जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको बैठकमा गर्भवती तथा बालबालिकाको पोषण सुधारका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराइएको हो ।

सुआहाराले यहाँ सञ्चालन गरेको ‘बहुवर्षीय पोषण कार्यक्रम’ अन्तर्गत जिल्लाका ६१ वटै गाविसमा कम केयर एप्समार्फत पोषण सुधारका लागि घरधुरी सर्वेक्षण गरी एसएमएस माध्यमबाट जानकारी पठाउने योजना छ । पराजुलीका अनुसार छ महिनाभित्र सबै घरको सर्वेक्षण गरिएपछि गर्भवती तथा अभिभावकलाई मोबाइलबाट सुरक्षित सुत्केरी तथा पोषण सुधारमा सहयोग पुग्ने छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *