१५ जिल्लामा खुवाउनुपर्ने पोलियो थोपा, दुई जिल्लामा मात्रै तयारी पुरा

काठमाडौँ, २० फागुन । दश बर्षे द्धन्दमा समेत प्रभावित नभएको पोलियो खोप अभियान स्वास्थ्यकर्मी र स्वास्थ्य मन्त्रालयका अधिकारीबीचको द्धन्दले पहिलो पटक प्रभावित भएको छ । यसबर्षको पोलियो थोपा खुवाउने कार्यक्रम काठमाडौँ उपत्यका सहित तराईका १५ जिल्लामा भोली र पर्सीका लागि तय गरिएको थियो । तर काठमाठाँै र ललितपुर बाहेकका बाँकी १३ जिल्लामा अहिलेसम्म तयारी अस्तव्यस्त छ ।
करीब दुई महिना अघि देखि स्वास्थ्य सेवा ऐन ९( ख) कार्यान्वयनको माग राखी आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीले पोलियो थोपा खुवाउने कार्यक्रमलाई अवरुद्ध पार्ने गरि कार्यालयमा तालाबन्दी गरिदिएका छन् । कतिपयमा लगिएका खोपहरु भण्डारन गर्न दिइएकै छैन । उनीहरुले सरकारले आफूहरुको मागलाई कार्यान्वनयमा लैजाने भन्दा भड्काउने तर्फ अघि बढाएको भन्दै सरकारी कार्यक्रम असफल पार्न लागेको खुलेआम बताउदै आएका छन् ।
नेपाली हेल्थलाई प्राप्त विवरण अनुसार काठमाडाँै र ललितपुरमा पोलियो थोपा खुवाउने कार्यक्रमको तयारी पुरा भएको छ । तर भक्तपुरमा पोलियो थोपा लिएर गएको गाडीलाई आन्दोलनरत स्वास्थ्यकर्मीहरुले फर्कादिइएका छन् । सुनसरीमा आज जिल्ला स्वास्थ्यले आन्दोलनरत कर्मचारीसंग बार्ता गरेको थियो तर निस्कर्षमा पुग्न सकेन । भोलीको कार्यक्रम स्थगित भएको छ । सप्तरीमा पनि बार्ता टुंगोमा पुग्न सकेको छैन । टुंगोमा पुगिहाले पनि भोली नै पोलियो खुवाउने कार्यक्रम सञ्चालन गर्न सकिने छैन् ।
उता सिरहा, धनुषा, महोत्तरी, पर्सा , बारा, रौतहट, कपिलवस्तु, बाँके, बर्दिया, कैलालीमा कार्यालय बन्द छन् । जिल्ला जनस्वास्थ्यले पोलियो थोपा अभियानका लागि तालिम तथा प्रचार प्रसार समेत गर्न पाएको छैन् । यसले ती जिल्लाका ५ बर्ष मुनिका १३ लाख बढी बालबालिकाको खोप पाउने नैसर्गिक अधिकार माथि हनन भएको छ । यता पोलियो थोपा खुवाउने कार्यक्रममा नेपाल सरकार नै फेलियर देखिएको छ ।
साँडेको जुधाई बाच्छाको मिचाई
एउटा पुरानो उखान छ, ‘साँढेको जुधाई बाच्छाको मिचाई ।’ हो त्यस्तै भएको छ अहिले पोलियो थोपा खुवाउने कार्यक्रम । स्वास्थ्य मन्त्रालयले आफ्ना माग पुरा नगर्दिएको भन्दै स्वास्थ्यकर्मीहरुले खोप कार्यक्रम बहिस्कार गरे, जुन गर्नु हुँदैनथ्यो । मन्त्रालयमा पटक पटक बार्ता त भयो तर कुनै निस्कर्ष निस्कन सकेन । यसको प्रभाव दोस्रो पटक तय गरिएको पोलियो खुवाउने कार्यक्रममा देखिएको छ ।
स्वास्थ्य मन्त्री गगन थापाले आजै विज्ञप्ती जारी गर्दै काममा फर्कन र पोलियो खुवाउने कार्यक्रममा सहभागी हुन स्वास्थ्यकर्मीलाई पुन आग्रह गरेका छन् । उनले स्वास्थ्यकर्मीको माग पुरा हुने क्रममा रहेको समेत दावी गरेका छन् । तर जिल्लामा स्वास्थ्यकर्मीहरुले मन्त्रालय र मन्त्रीको आग्रहलाई टेरपुच्छर लगाएका छैनन् ।
मन्त्रालयले यस्तो अवस्थामा न कडाईका साथ प्रस्तुत हुन सकेको छ । न त उनीहरुले भनेजस्तो गरी माग पुरा गर्न आवश्यक ठानेको छ । यसको असर पोलियो खोप अभियानमा देखा परेको छ ।
विश्व स्वास्थ्य संगठनका डव्लुएचओका एक जना प्रतिनिधि भन्छन्, ‘द्धन्द कालमा र मधेश आन्दोलनमा निर्वाध सञ्चालन भएको यो कार्यक्रम यसपटक नाटकिय ढंगबाट प्रभावित भएको छ । यसमा कमजोरी जो जस्को भएपनि पहिलो पटक नेपाल सरकार अर्थात स्वास्थ्य मन्त्रालय यो कार्यक्रममा असफल भएको देखिएको छ । यसमा मन्त्री सचिव , महानिर्देशक, निर्देशक लगायतका सबै पदाधिकारीहरु फेलिएर भएका हुन् ।’
ढिला आयो विज्ञप्ती
फागुन पहिलो साता स्थगित भई दोस्रो पटक मिति तय गरिएको खोप खुवाउने कार्यक्रम अन्तिम अवस्थामा आएर पुन प्रभावित हुने देखिएको छ । सोही कारण विहीबार राती मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेल र शुक्रबार मन्त्री गगन थापाले विज्ञप्ती निकालेका छन् ।
एक कर्मचारी भन्छन्, ‘मन्त्री ज्यूको यो विज्ञप्ती एक पाँच दिन अघि आउनुपर्ने थियो । तर लाष्टमा आयो अव सुरु नै गरेपनि भोली र पर्सीका लागि कार्यक्रम प्रभावकारी हुन सक्दैन् ।’
बालस्वास्थ्य महाशाखाका प्रमुख डा विकास लामिछानेले केही जिल्लामा पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित भएको भन्दै यसलाई सकभर सल्टाएर छिटै निरन्तरता दिने गरी योजना बनाइएको बताए । उनले भने , ‘अवरुद्ध गर्नु हुँदैनथ्यो तर भएको छ । यसकारण भोली र पर्सीको सट्टा अनुकुल मिलाएर छिटै खोप कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने योजनामा छाँै । जिल्ला लाई सोही अनुसार निर्देशन दिएका छौँ ।’
काठमाडौँ र ललितपुरको तयारी पुरा
काठमाडाँै जनस्वास्थ्यका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले पोलियो थोपा खुवाउने कार्यक्रमको तयारी पुरा भएको बताए । जिल्लाका सबै स्वास्थ्य स.स्थामा पोलियो थोपा पुगिसकेको भन्दै पूर्व निर्धारित समयमै खोप खुवाउने योजना रहेको बताए ।
उता ललितपुरका प्रमुख झलक गौतमले पनि आफ्नो जिल्लामा पोलियो खुवाउने कार्यक्रम नरोकिने बताए । उनले सरकारले तोकेको मितिमै सम्पन्न गर्ने गरि पोलियो थोपा खुवाउन लागिएको बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




ललितपुर का झलक गौतम र काठमाडौ का महेन्द्रु प्र•श्रेष्ठ लाई “” गोर्खा दक्षिण बाहु पुरस्कार “” को सुनिस्चितता ।
सल्लाहकार राम्रा भए का भए बिभीन्न कालखण्ड का ति ब्यक्तीत्व/राजा/रजौटे हरूलाई दुर्दशा हुन्थेन्••• बेला मै ऐतिहासिक निर्णय लिई दिन हुन मा•स्वास्थ्य मॅत्री ज्यु लाई अनुरोध।