ब्रतबन्धको भोज खाँदा सोह्र बिरामी

धादिङ, २० फागुन । ब्रतबन्धको भोज खाँदा ज्यामरुङ– ७ कुमाइज्यामरुङका सोह्र जना बिरामी परेका छन् ।
गाउँका सुरेश बयलकोटीका घरमा उनीहरुले आज ब्रतबन्धको भोज खाएको स्थानीयवासी मिठु बयलकोटीले जानकारी दिइन् ।

बिरामीको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

बिरामीमा पेट र टाउको दुख्ने, पखाला लाग्ने, बान्ता हुनेलगायतको लक्षण देखिएको जिल्ला अस्पताल धादिङका सुपरिटेन्डेन्ट रसिला अमात्यले बताइन्। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *