ब्रतबन्धको भोज खाँदा सोह्र बिरामी

0
Shares

धादिङ, २० फागुन । ब्रतबन्धको भोज खाँदा ज्यामरुङ– ७ कुमाइज्यामरुङका सोह्र जना बिरामी परेका छन् ।
गाउँका सुरेश बयलकोटीका घरमा उनीहरुले आज ब्रतबन्धको भोज खाएको स्थानीयवासी मिठु बयलकोटीले जानकारी दिइन् ।

बिरामीको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

बिरामीमा पेट र टाउको दुख्ने, पखाला लाग्ने, बान्ता हुनेलगायतको लक्षण देखिएको जिल्ला अस्पताल धादिङका सुपरिटेन्डेन्ट रसिला अमात्यले बताइन्। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *