मेडिकल कलेजको भवन निर्माण सुरु

धनगढी, २० फागुन । कैलाली जिल्लाको अत्तरिया नगरपालिका (साविक गेटा गाविस)मा मेडिकल कलेज स्थापनाका लागि निर्माण सुरु भएको छ ।

चालु वर्षमा एक/एकवटा कलेज भवन र अस्पताल भवन निर्माण गर्ने गरी काम अघि बढाइएको मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए ।

कलेज भवन निर्माणका लागि ठेक्क भइसकेकामा अस्पताल भवन निर्माणका लागि पनि केही दिनभित्र ठेक्का हुने उनले जानकारी दिए। तत्काल तीनतीन तले कलेज भवन र अस्पताल भवन निर्माण हुन लागेको बताइएको छ ।

कलेज स्थापनाका लागि सरकारले छुट्याएको ५१दशमलव ८ हेक्टर जग्गामा हाल आन्तरिक बाटो निर्माण गरी ग्राभेल बिछ्याउने कार्यसमेत भइरहेको छ । यो कलेज ३०० शै्ययाको हुने बताइएको छ ।

वार्षिक रुपमा आवश्यक बजेटको व्यवस्था हुन सकेकामा चाहिनेजति संरचना पूरा गर्न दुई अढाइ वर्षको समय लाग्ने र त्यसपछि मात्रै पठनपाठन सुरु गर्न सकिने पुजाराले बताए ।

विसं २०६६ मा सरकारले कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेकामा निर्माणका लागि छुट्याइएको जग्गाको भोगाधिकारका लागि नक्साङ्कन, सीमाङ्कन, गुरुयोजना, वातावरण प्रभाव मूल्याङ्कनलगायतमा काम गर्नुपर्ने भएकाले कलेजका संरचना निर्माणमा ढिलाइ भएको हो ।

वन मन्त्रालयले कलेजको भोगाधिकारमा रहेको जग्गाका रुख गत कात्तिक महिनामा मात्रै कटानी गर्ने आदेश दिएको थियो ।

सरकारले गेटा मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि चालु आवमा रु ५० करोड विनियोजन गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *