स्वास्थ्यचौकीका लागि जग्गादान

0
Shares

पाल्पा, १८ फागुन । साँखर आयुर्वेदिक स्वास्थ्य चौकीका लागि स्थानीयवासीले ६ रोपनी जग्गादान गरेका छन् । यहाँका स्थानीय बासिन्दा तेजप्रसाद तिवारी र गोविन्द तिवारीले तीन रोपनी चार आना, हुममायाँ कँडेलले एक रोपनी १२ आना र तुल्सीप्रसाद खनालले एक रोपनी गरी जम्मा ६ रोपनी जग्गादान गरेका छन् ।

तेजप्रसाद तिवारी भन्छन्, “जग्गा अभावमा स्वास्थ्य चौकी भवन निर्माण नहुँदा स्थानीयवासीले स्वास्थ्य उपचारमा निकै समस्या झेल्नु परेको छ, सहज स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य चौकीको भवन निर्माणमा जग्गादान सहयोग गरेको हुँ ।”

यहाँ आयुर्वेदिक स्वास्थ्य चौकी निर्माण हुने भएपछि स्थानीयवासीले सहज र सुलभ सेवा पाउनेछन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *