स्वास्थ्य व्यवसायी परिषद, आयुर्वेद चिकित्सा परिषद र आयुर्वेद अनुसन्धान परिषदका पनि पदाधिकारी फेरिए

काठमाडाँ, १७ फागुन । नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा रामप्रसाद भण्डारी नियुक्त भएका छन् । आज बसेको मन्त्रिरिषदको बैठकले रजिष्टारमा भने रामचन्द्र साहलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा प्राडा धनिकलाल भरखेललाई नियुक्त गरेको छ । त्यस्तै परिषदको रजिष्टारमा डा नारायण श्रेष्ठ नियुक्त भएका छन् । सदस्यहरुमा डा सुरेश महर्जन, डा विनोद साह, डा बंशव्लदाम्बा कौडिन्ययानी, डा प्रकाश ज्ञवाली, डा सचितकुमार शर्मा र डा छत्र पति दाहाललाई नियुक्त गरेको छ ।

त्यस्तै बैठकले आयुर्वेद अनुसन्धान तथा तालिम विकास समितिको कार्यकारी निर्देशकमा डा सिद्धार्थकुमार ठाकुरलाई नियुक्त गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *