सुर्ती करकोषको रकम ४० करोडबाट अब १ अर्ब पुग्दै

काठमाडौँ, १७ फागुन । सुर्ती कर करकोषको रकम डेढ गुणाले बढ्ने भएको छ । अहिलेसम्म अर्थ मन्त्रालयले सुर्ती करकोषमा ४० करोड रकम छुट्याउँदै आएको छ । प्रस्तावित रकम पाएमा करकोषको बजेट १ अर्व हुनेछ ।

आज बस्दै गरेको मन्त्रीपरिषद्को बैठकमा स्वास्थ्य मन्त्री गगन थापाले ६० करोड रकम थप गर्ने प्रस्ताव लिएर गएका छन् । अर्थ मन्त्रालयकै सहमतिमा सो रकमका लागि प्रस्ताव गएकोले रकम थपिनेमा मन्त्रालयका अधिकारीहरु विश्वस्त छन् ।

स्वास्थ्य मन्त्रालयका लेखा अधिकृत सुरेश शर्माले करकोषका लागि थप ६० करोड माग भएको बताए । त्यसमध्ये ५ करोड रकम सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन्न हुने रोगको रोकथाम, नियन्त्रण, निदान र उपचार सम्वन्धी कार्यक्रम सञ्चालन गर्ने सामाजिक संस्था तथा सञ्चारमाध्यमलाई उपलव्ध गराईने र बाँकी ५५ करोड सुर्तीजन्य पदार्थको प्रयोगबाट उन्पन्न हुने रोगको उपचारका लागि विभिन्न अस्पताललाई अनुदानका रुपमा उपलव्ध गराईने छ ।

सुर्तीजन्य पदार्थको विक्रीबाट बार्षिक १३ अर्व राजश्व उठने गरेको छ । त्यसको २५ प्रतिशत सुर्तीकरकोषमा उपलव्ध हुनुपर्ने व्यवस्था छ । सो हिसावले करकोषमा ३ अर्व २५ करोड रकम हुनुपर्ने छ । तर खर्च हुन गाह्रो पर्न सक्ने भएको भन्दै यसपटक अर्थले ६० करोड मात्रै थप गर्न राजी भएको हो ।

‘हामीले पाउनुपर्ने त ३ अर्व २५ करोड हो तर अहिले ६० करोडको मात्रै थप माग गरिएको छ,’ लेखा अधिकृत शर्माले भने ।
रकम थप आएपछि पुन सूचना निकालेर रकमको वितरण गर्ने योजनामा मन्त्रालय छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *