पाठेघरको मुख र स्तन क्यान्सरको उपचार अब नि:शुल्क

काठमाडौं, १६ फागुन । मन्त्रालय सम्हालेको एक महिनाभित्रै महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महत्वकाक्षी योजना सार्वजनिक गरेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री खड्काले महिलामा मात्र लाग्ने पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । त्यसकालागि मन्त्रालयले सरकारी अस्पतालसँग सम्झौता गर्ने तयारी गरेको छ ।

नेपाली महिलाहरुमा लाग्ने पाठेघर क्यान्सरको उपचार सरकारले निशुल्क उपचार गर्ने भएपछि धेरै महिलाले राहत पाउने मन्त्री खड्काले बताए। ‘हामी लोकप्रिय हुने भन्दापनि महिलाले राहत पाउनुपर्छ भन्ने उद्देश्यले पाठेघरमा लाग्ने क्यान्सरको निशुल्प उपचारको व्यवस्था गर्न लागिएको हो,’ पत्रकार सम्मेलनमा मन्त्री खड्काले भने, ‘यसबाट क्यान्सर लागेका महिलाले राहत महशुस गर्ने हामीले अपेक्षा लिएका छौं।’

मन्त्री खड्काले देशका कुनै पनि ठाउँमा ठाउँमा महिलामाथि भएका घरेलु हिंसालगायत सबै प्रकारका हिंसाका घटनामा राज्यले पीडितको उद्दार गर्ने, कानुनी सहायता दिने, उपचार तथा पूर्नस्थापना गर्न तत्काल जिम्मेवार समूहको निर्माण गर्ने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *