मिर्गौलापीडित रानालाई उपचारमा समस्या

पाल्पा, १६ फागुन । आठ महिनाको बालक काखमा च्यापेर दुवै मिर्गौलापीडित २६ वर्षीेया खुमीसरा रानाले उपचारमा सहयोग गर्न सबैसँग सहयोगको याचना गरेकी छन् ।

सिलुवा गाविस–४ मनहरी, पाल्पा बस्ने रानालाई दुवै मिर्गौलाले काम नगरेपछि उपचारमा समस्या परेको छ ।

मिर्गौला प्रत्यारोपण गर्नका लागि ठूलो रकम लाग्ने अस्पतालले बताएपछि उनलाई उपचारमा समस्या परेको हो । मिर्गौलापीडित राना र उनका श्रीमान् रामपुर नगरपालिका–७ मा सञ्चालित कालिका चाउचाउ उद्योगमा मजदुरी गर्दै आएका छन् ।

डेढ महिनादेखि मिर्गौला रोगको उपचार गराइरहेकी रानालाई अस्पतालले रु १० लाख जति रकम लाग्ने बताएपछि उनको परिवार चिन्तामा रहेको छ । बुटवलको गौतम बुद्ध र काठमाडौँको किस्ट अस्पतालमा उपचार गर्दा अहिलेसम्म रु दुई लाख रकम खर्च भइसकेको उनका भाइ छवि राईले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *