स्वास्थ्यकर्मीहरुको मागमा सरकार गम्भीर : स्वास्थ्य मन्त्री

काठमाडौँ, १५ फागुन । स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य सम्वद्ध ट्रेड युनियनले उठाएका मागका विषयमा आफू गम्भीर रहेको बताएका छन् । उनले ९ (ख) कार्यान्वयन गर्न दुई साता अघि बसेको मन्त्रीपरिषदको बैठकले केही निर्णय गरेको भन्दै अपुग भएका व्यवस्थालाई ऐन संसोधन गरेर क्रमश पुरा गरिने बताए ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले चौथो तह भन्दा माथिका कर्मचारीहरुलाई अध्ययनका लागि छात्रबृत्तिको व्यवस्था मिलाउने काम अघि बढाउने समेत आश्वासन दिए ।

उनले भने, अव अनमी पढेकालाई स्टाफनर्स, सिएमए पढेकालाई एचए, एचए पढेकालाई पव्लीक हेल्थ लगायतका विषयमा अध्ययन गर्ने व्यवस्था मिलाउने तयारी गर्दैछौँ । यसले स्वास्थ्यकर्मीहरुको बृत्तिविकास हुनेछ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले राष्ट्रसेवक कर्मचारीले सेवा अवरुद्ध गर्न नमिल्ने भन्दै स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन आग्रह गरे । उनले भने, ‘मैले देखेको त छैन तर सुनेको छु कि स्वास्थ्यसंस्था नै बन्द गरिएको छ रे, स्वास्थ्य सेवा अवरुद्ध गर्न न कानूनले दिन्छ न मानवीय सम्वेदनाले त्यसैले यस्तो काम भएको छ भने कृपया यस्तो नगरिदिनुहोला । जनताको स्वास्थ्य सेवा पाउने कुरालाई आन्दोलनको नाममा नजोडनुहोला ।’

कार्यक्रममा टे«ेड युनियनका तर्फबाट ओम उपाध्यायले बोलेका थिए । स्वास्थ्यकर्मीहरुले उठाएका जायज माग सम्वोधन गर्ने बाताबरण मिलाउन मन्त्रालयलाई आग्रह गरेका थिए । उनले स्वास्थ्यकर्मीहरुको स्तरोन्नती तथा प्रोत्साहनका लागि मन्त्रालयले थप कदम चाल्नुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “स्वास्थ्यकर्मीहरुको मागमा सरकार गम्भीर : स्वास्थ्य मन्त्री

  1. फिल्डमा हेर्न जानु पर्यो नि सचिब ज्यु खाली बिदेस भ्रमणमा,स्वास्थ्यकर्मीका जायज माग सम्बोधन गर्नु पर्दैन?

  2. Dekhara pani nadekha jasto garna ra sunara pani nasuna jasto garna Andho ra Bahiro prasasak haru yo niyatikahila sama?

Leave a Reply

Your email address will not be published. Required fields are marked *