पोखरामा यसरी मनाईयो स्वास्थ्य सेवा दिवस
पोखरा १५ फागुन । “स्वस्थ्य नागरिक, स्वस्थ्य देश, दक्ष जनशक्ति, प्रगति र समृद्धि“ भन्ने मुल नारा सहित पाँचौं राष्ट्रिय स्वास्थ्य सेवा दिवस पोखरामा भब्य रुपमा मनाईएको छ ।
स्वास्थ्य सेवा दिवसको अवसर पारेर जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको आयोजनामा सभागृह चोक देखी मानव अधिकार चोक सम्म विहान बाजा सहित प्रभात फेरी रयालीको आयोजना गरिएको थियो ।
उक्त रयालीमा जनचेतना मुलक प्ले कार्डहरु सहित विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरु, स्वास्थ्यका विद्यार्थीहरु तथा अन्य सरोकारवाला निकायका प्रतिनिधीहरुको उपस्थिति थियो ।
सहभागीहरुले रयालीमा समापन पश्चात मानव अधिकारचोक, चिप्लेढुङ्गामा राखिएको हेल्थ प्रमोशनल स्टलबाट स्वास्थ्यसम्वन्धी जानकारीहरु लिएका थिए । त्यस्तै सुचनाहरु रक्तचाप तथा मधुमेहको निशुल्क परीक्षण गराएका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख बोध राज सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा निर्देशक डा तारानाथ पौडेल, नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका मन्त्री कृष्ण तिमील्सिना लगायत बोलेका थिए ।
शब्द /तस्बिर: सगुन पौडेल
सम्पर्क इमेल : [email protected]