आँखाको विशेषज्ञ सेवा सुरु

0
Shares

दाङ, १५ फागुन । यहाँको अस्पतालले अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले आँखाको उपचारका लागि आवश्यक पर्ने मेसिन उपकरण खरिद गरी सेवा दिन सुरु गरेको छ ।

अस्पतालले विशेषज्ञ सेवासँगै आँखाको दृष्टि नशा जाँच गर्ने मेसिन (अक्टोपस), ग्रिनलेजर, एनसिटीलगायतका मेसिन उपकरण अस्पतालमा जडान गरी सेवा दिन सुरु गरेको अस्पतालका नेत्र विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिए ।

रु दुई करोड ५० लाख लागतमा सो मेसिन अस्पतालले खरिद गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताए ।

राप्ती आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गतका तीनवटा अस्पताल रक्षाचौर, लमही आँखा अस्पताल, बहादुरगन्ज आँखा अस्पतालमा उक्त सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।

दृष्टि नशा जाँच मेसिनले आँखामा जलबिन्दु भए÷नभएको र आँखाको दृष्टि कस्तो छ सहजै थाहा हुने, एनसिटी मेसिनले आँखाको प्रेसर मापन गर्ने र ग्रिन लेजर मेसिनले मधुमेह, ब्लड प्रेसर र उमेरले गर्दा आँखाको पर्दामा रगतका नलीहरु फुटेकोलाई बन्द गर्ने काम गर्ने विशेषज्ञ यादवले बताए।

यसअघि अस्पतालमा सो सेवा नहुँदा आँखाका बिरामीलाई अस्पतालले अन्यत्र पठाउँदै आएको थियो । अस्पतालले यस प्रविधिबाट आँखाको मोतिबिन्दुको शल्यक्रिया सेवा पनि सुरु गरेको जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *